सिभिललाई गाभेर हिमालयनको नाममा कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिभिल बैंक र हिमालयन बैंकको एक्विजीसनलाई स्वीकृति दिएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न स्वीकृति दिएको हो।

योसँगै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने भएको छ । एक्विजीसनपछि दुवै बैंकले हिमालयन बैंकको नाममा यही फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् ।

हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८० कित्ता स्वाप रेसियो अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८० कित्ता सेयर अनुपातमा गाभिन लागेका हुन् ।

बम्बई-काठमाडौंको जहाज भाडा बसकोभन्दा सस्तो, १९०० रुपैयाँमै यात्रा गर्न पाइने ! Read Previous

बम्बई-काठमाडौंको जहाज भाडा बसकोभन्दा सस्तो, १९०० रुपैयाँमै यात्रा गर्न पाइने !

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ७४ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ? Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ७४ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ?