नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ७४ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ?

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै तीन चौथाई सम्पन्न भएको छ ।

नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार फागुन ५ गतेसम्म सुरुङ खन्ने काम ७४.२० प्रतिशत पूरा भएको छ । कुल ५ हजार २४५ मिटर सुरुङ (मुख्य र स्केप टनेल गरी) मध्ये हालसम्म ४ हजार ८३.३३ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ८१३ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ८७१.८० मिटर र धादिङतर्फ ९४१.२० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म २ हजार ६८.८० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार ११३.२० मिटर र धादिङतर्फ ९५६.६० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म ३ हजार ८८२.८ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ४ हजार ८३.३३ मिटरको काम सम्पन्न भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४९.०३ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ५३.९५ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ४१५ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

सिभिललाई गाभेर हिमालयनको नाममा कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति Read Previous

सिभिललाई गाभेर हिमालयनको नाममा कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति

अब आइएमई पेबाट ट्राफिक जरिवाना तिर्ने मिल्ने Read Next

अब आइएमई पेबाट ट्राफिक जरिवाना तिर्ने मिल्ने