काठमाडौं । भारतको बम्बई (मुम्बई)बाट काठमाडौं आउने यात्रु घटेपछि नेपाल एयरलाइन्सले सस्तो मूल्यमै टिकट दिने योजना ल्याएको छ ।
नेपाल एयरलाइन्सले बम्बई–काठमाडौं रुटको न्यूनतम भाडादर १९०० रुपैयाँ तोकेको छ । काठमाडौंबाट बम्बई जाने यात्रु भए पनि उताबाट काठमाडौं आउने यात्रु कम भएपछि यात्रुलाई आकर्षित गर्न अफर ल्याइएको एयरलाइन्सले जनाएको छ ।
यो अफर सीमित सिटका लागि मात्र हुने एयरलाइन्सले जनाएको छ । न्यूनतम १९०० टिकट काट्दा यात्रुले ३५ किलोसम्मको लगेज फ्रीमा ल्याउन पाउने छन् भने निःशुलक खाना पनि पाउने छन् ।
निगमले ल्याएको यो अफर अन्तर्गतको जहाजभाडा यसरुटको बस भाडाभन्दा पनि सस्तो हो । अहिले बम्बईबाट बसमा आउँदा १० हजार बढी लाग्छ ।
निगमले काठमाडौं–बम्बई साताको दुई उडान गर्दै आएको छ । निगमले हाल भारतको दिल्ली, बैंगलोर र मुम्बईमा नियमित उडान गर्दै आएको छ ।