नियम विपरीत सेयर राइड गर्ने इनड्राइभर १७ चालक कारबाहीमा

काठमाडौं । प्रयोजन विपरीत सेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत सेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिए।

‘कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्,’ उनले भने, ‘इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।’ निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । उनले गुनासो आएका आधारमा कारबाही गरिएको बताए ।

साविकको घोडाघोडी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, अब नयाँ नामबाट कारोबार हुने Read Previous

साविकको घोडाघोडी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, अब नयाँ नामबाट कारोबार हुने

अहिलेकै जनशक्ति र पूर्वाधारले राष्ट्र बैंकले सहकारी नियमन गर्न सक्ने देखिँदैन : पूर्व गभर्नर क्षेत्रीको विचार Read Next

अहिलेकै जनशक्ति र पूर्वाधारले राष्ट्र बैंकले सहकारी नियमन गर्न सक्ने देखिँदैन : पूर्व गभर्नर क्षेत्रीको विचार