आइएमई पेबाट चन्द्रागिरी केबलकारको टिकट काट्दा राइड सेवामा ५०% सम्म छुट

काठमडाौं । आइएमई पे र चन्द्रागिरी हिल्सले ‘फील द एयर’ नामक अफर सार्वजनिक गरेका छन् ।

यस अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरी केबलकारको टिकट काट्दा चन्द्रागिरी हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट प्राप्त गर्न सक्ने सक्नेछन् ।

कम्पनीका यस अफरमार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्वीङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरी केबलकारको निःशुल्क इभिनिङ टिकट जित्ने सक्नेछन् । यो अफर सीमित समयको लागि मात्र लागू हुने जनाइएको छ ।

यस्तै, माघ २८ गतेदेखि फागुन १ गतेसम्म आइएमई पे एपबाट चन्द्रागिरी केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरूले प्रणय दिवसको दिन चन्द्रागिरीमा रोमान्टिक कपल डिनर जित्ने मौका कम्पनीले जनाएको छ ।

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै, विद्युत् निर्यात र प्रसारण लाइन मुख्य एजेन्डा Read Previous

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै, विद्युत् निर्यात र प्रसारण लाइन मुख्य एजेन्डा

जीवन बीमा कम्पनीको नाफामा छलाङ :  नेपाल लाइफको तेब्बर बढ्यो, कुनले कति कमाए ? Read Next

जीवन बीमा कम्पनीको नाफामा छलाङ : नेपाल लाइफको तेब्बर बढ्यो, कुनले कति कमाए ?