प्रभु बैंकको १ अर्बको ऋणपत्र कार्तिक २१ गतेदेखि बिक्री खुल्ला हुने

काठमाडौं । प्रभु बैंकले कार्तिक २१ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले
‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ नामक १ हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो।

 

कूल १० लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी हुनेछ भने ६ लाख इकाई बैंकले व्यक्तिगत तरवबाट संघ संस्थालाई बिक्री गर्नेछ।

 

बैंकले जारी गर्ने १० वर्षे अवधिको उस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन्। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

 

बैंकले जारी गर्ने उक्त ऋणपत्रमा छिटोमा कार्तिक २५ गतेसम्म आवेदन गर्न पाइनेछ भने सो अवधिमा सबै ऋणपत्रका लागि आवेदन नपरेको खण्डको ढिलोमा मंसिर २० गतेसम्म आवेदन गर्न सकिन्छ।

 

ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ ।

 

रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु बैंकको यस ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ ।

सिटिजन्स बन्यो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, यस्ताे छ प्रगति Read Previous

सिटिजन्स बन्यो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, यस्ताे छ प्रगति

धनतेरसमा कुन राशिका व्यक्तिले कुन वस्तु किन्दा शुभ Read Next

धनतेरसमा कुन राशिका व्यक्तिले कुन वस्तु किन्दा शुभ