धनतेरसमा कुन राशिका व्यक्तिले कुन वस्तु किन्दा शुभ

काठमाडौं । नेपाली हरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । आज तिहारको पहिलो दिन काग तिहार अर्थात धनतेरस । आजको दिन सुन,चाँदी, तामा, पितल लगायतका सामग्री घरमा भित्र्याए अनको अभाव नहुने र सधैं धन कमाई राख्न सकिने जन विश्वास रहिआएको छ । त्यसैले गर्दा धन तेरसको दिनमा केही न केही सामान किन्ने प्रचलन रहँदै आएको छ ।

 

आजको दिनमा राशि अनुसार सामग्री किनेमा त्यो अझ फलदायी हुने जनविश्वास रहेको छ । धनतेरसको दिनमा यी राशि भएका व्यक्तिले यस्ता सामान किन्नु शुभ हुन्छ :

 

मेषः मेष राशि भएका मानिसहरले सुन अथवा पित्तलको सामग्री खरिद गर्दा शुभ हुनेछ । सुन जडित सामग्री अथवा पितलको भाडा किने फलदायी हुनेछ । जस्तो भाँडा किने पनि त्यसलाई खाली लिएर घरमा नल्याउनु होला, त्यसमा केही न केही सामान राखेर मात्र घर भित्र्याउनु होला ।

 

वृषः वृष राशि भएकाले धनतेरसको दिन सुन वा चाँदी भित्र्याउनु शुभ हुन्छ । सुन वा चाँदी किन्दा त्यसमा हिरा वा कुनै पनि पथ्थर जडित भएको भयो भने अझ लाभदायी हुने बुझीन्छ । यदि यस्तो गर्न बजेट नभए चाँदीको सिक्का किन्दा पनि राम्रो हुनेछ ।

 

मिथुनः धनतेसको दिन मिथुन राशि भएका व्यक्तिले फूल या काँसा (झर्का)को भाडा किन्दा शुभ हुनेछ । यो बाहेका सुन या चाँदी किन्न चाहानेले पनि पहिला फूल वा झर्काको भाँडा किने पछि मात्र किन्दा राम्रो हुनेछ ।

 

कर्कटः धनतेरसको दिन कर्कट राशि भएकाले चाँदीको वस्तु नै किन्नु पर्छ । यसमा तपाईंले सुनको गहना, सुनको सिक्का, सुनको इँट्टा पनि किन्न सक्नु हुन्छ ।

 

सिंहः सिंह राशि भएकाले धनतेरसमा सुनको वस्तु किन्नु राम्रो हुन्छ । सुनको गरगहना, सिक्का, सुनको इँट्टा पनि किन्न सकिन्छ । बजेट अभाव भएको खण्डमा चाँदीको वस्तुमा सुनको जलप लगाउँदा पनि राम्रो हुन्छ ।

 

कन्याः धनतेरसको दिन कन्या राशि भएकाले फूल या काँसाको भाँडा किन्दा शुभ हुनेछ ।

 

तुलाः तुला राशि भएका व्यक्तिले धनतेरसमा हीरा या सेतो पत्थर जडित सुन या चाँदी को गहना खरिद गर्नु राम्रो मानिन्छ । बजेट नहुनेले चाँदीको सिक्का मात्र किने पनि हुन्छ ।

 

वृश्चिकः वृश्चिक राशि भएकाले धनतेरसमा तामाको वस्तु किन्दा राम्रो हुन्छ । यदि तामाको भाडाँ किन्दा कलश किन्ने हो भने त्यसलाई लक्ष्मी पूजाको दिन प्रयोग गर्नु होला ।

 

धनुः धनतेरसमा धनु राशि भएकाले पहेलो रंगको रत्न या पित्तल किन्नु राम्रो हुन्छ । सुन या चाँदीको गरगहना किन्नु पनि शुभ नै मानिन्छ । यस्तै बजेट नभएकोमा पित्तलको वस्तुहरु पनि किन्न सकिन्छ ।

 

मकर:  मकर राशि भएकाले धनतेरसमा स्टीलको भाँडा किन्न राम्रो हुनेछ । उक्त भाँडा पूजाको दिन प्रयोग गर्नुहोला ।

 

कुम्भः कुम्भ राशि भएकाले पनि धनतेरसमा स्टीलको भाँडा किन्न राम्रो हुनेछ । उक्त भाँडा पूजाको दिन प्रयोग गर्नुहोला ।

 

मीनः मीन राशि भएकाले धनतेरसमा पहेलो रंगको रत्न या पित्तलको भाडा किन्नु शुभ हुन्छ । सुन या चाँदीको गहना किन्दा त्यसमा पहेलो रंगको रत्न जोडिएको भएमा लाभदायी हुनेछ । पित्तलको भाँडा किन्दा त्यसमा केही अन्न हालेर घरमा ल्याउँदा शुभ हुनेछ । खालि भाँडा लिएर घर लगे अशुभ मानिने छ ।

प्रभु बैंकको १ अर्बको ऋणपत्र कार्तिक २१ गतेदेखि बिक्री खुल्ला हुने Read Previous

प्रभु बैंकको १ अर्बको ऋणपत्र कार्तिक २१ गतेदेखि बिक्री खुल्ला हुने

बजारमा ८० देखि ७ हजार रुपैयाँसम्मका भाइमसलाका प्याकेट (फोटोफिचर) Read Next

बजारमा ८० देखि ७ हजार रुपैयाँसम्मका भाइमसलाका प्याकेट (फोटोफिचर)