बजारमा ८० देखि ७ हजार रुपैयाँसम्मका भाइमसलाका प्याकेट (फोटोफिचर)

काठमाडौं । काठमाडौंका मुख्य बजार असनमा भाइसलाका प्याकेटहरु न्यूनतम ८० रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको विक्रीका लागि राखिएको छ ।

 

विभिन्न २१ वटा सामाग्रीहरु मिसाएर बनाइने भाइमसलालाई आकर्षक तरिकाले प्याक गरि तयार पारिन्छ । यस्ता आकर्षक प्याकेजीङ सहित तयार पारिएका भाइमसलाको मूल्य वर्षेनी बढ्ने गरेको छ ।

भाइमसलामा काजु, बदाम, मिश्री, पेष्ता, किसमिस, छोकडा, नरिवल, ओखर, खुर्पानी, अंजिर, मखना, सुपाडी, ल्वाङ, सुकुमेल, अलैंची, दालचीनी गरि १६ सामाग्री अनिवार्य राख्ने गरिन्छ ।

यी सामानहरु बाहेक चकलेट, काँचो बदाम, ओखरको गुदी र किटक्याट जस्ता थुप्रै प्रकारका मिठाइहरु मिसाइएको हुन्छ । यस्ता विभिन्न सामग्री मिसाएर बनाइएका भाइमसलाहरु ७ हजार रुपैयाँसम्ममा विक्री भइरहेका छन् ।

 

काजु, किसमिस, बदाम, ओखरको गुदि, पेष्ता मात्र भएका भाइमसला २ सय रुपैयाँदेखि ४ हजार ५ सयसम्ममा विक्री भइरहेको असन बजारमा देख्न सकिन्छ ।

यस्तै भाटभटेनीमा यस्ता भाइमसलाहरु २ सय ५६ रुपैयाँदेखि १५ सय रुपैयाँसम्मका भाइमसलाहरु विक्रीका लागि राखिएका छन् ।

धनतेरसमा कुन राशिका व्यक्तिले कुन वस्तु किन्दा शुभ Read Previous

धनतेरसमा कुन राशिका व्यक्तिले कुन वस्तु किन्दा शुभ

सरकारद्धारा धानको खरीद मूल्य निर्धारण, प्रतिक्विन्टल कति Read Next

सरकारद्धारा धानको खरीद मूल्य निर्धारण, प्रतिक्विन्टल कति