ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता योजना, यस्ता छन् विशेषता

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्धती खातालाई परिमार्जन गरी यो योजना संचालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले जनाएको छ ।

२ लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा रु. ५० हजार भन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ ।

यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधी–उपचार बीमा उपलब्ध गराइदिनेछ ।

यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ । साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने छ ।

यसै, योजनाअन्तर्गत निश्चित अवधिको मुद्दती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउनेछन् ।ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले समय समयमा यस्ता योजनाहरु ल्याएर बचतकर्ताहरुलाई लाभान्वित गर्दै आएको छ ।

अब मुग्लिन-नारायणगढ सडकमा जाममा फस्नु नपर्ने, बन्यो वैकल्पिक सडक Read Previous

अब मुग्लिन-नारायणगढ सडकमा जाममा फस्नु नपर्ने, बन्यो वैकल्पिक सडक

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?