अब मुग्लिन-नारायणगढ सडकमा जाममा फस्नु नपर्ने, बन्यो वैकल्पिक सडक

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको वैकल्पिक सडक निर्माण भएको छ । यस सडकको विकल्पमा ४५ किलोमिटर लामो शक्तिखोर–फिस्लिङ सडक निर्माण गरिएको हो ।

यो सडक पृथ्वी राजमार्गको फिस्लिङ-शक्तिखोर हुँदै पूर्पश्चिम राजमार्गको टाँडीमा जोडिन्छ। यो सडक बनेसँगै अब मुग्लिन नारायणगढ सडकमा हुने जाममा फस्न नपर्ने भएको छ ।

सडक विस्तार, बाढी, पहिरो लगायत कारणले नारायणगढ–मुग्लिन सडकमा घण्टौं जाम हुँदै आएको छ । साथै, हाल पुल निर्माणका लागि भित्तो कटान गर्न दैनिक ४ घण्टा सडक बन्द गरिँदै आइएको छ ।

यस सडकबाट साना तथा मझौला सवारीसाधन सजिलै गुड्न सक्ने आयोजनाले जनाएको छ । ७.२५ मिटर चौडाइको यो सडक पूर्ण रुपमा निर्माण सकिएपछि भने ठूला गाडी समेत गुड्न सक्नेछन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत प्रदेश सरकारको लगानीमा २०७५ फागुनदेखि निर्माण सुरू गरिएको यो सकड ४ वर्षपछि सम्पन्न हुन लागेको हो । कोरोना महामारी, निर्माण सामग्रीको अभाव, प्राकृतिक जोखिमलगायतका कारणले यस सडक निर्माणको म्याद ५ पटकसम्म थपिएको थियो ।

एसियाली विकास बैंकको ८० प्रतिशत अनुदान र नेपाल सरकारको २० प्रतिशत लगानीमा बनेको हो । यस सडकको लागत ८७ करोड रहेको छ ।

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान, काठमाडौंका यी सडकमा जोडिँदैछ Read Previous

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान, काठमाडौंका यी सडकमा जोडिँदैछ

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता योजना, यस्ता छन् विशेषता Read Next

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता योजना, यस्ता छन् विशेषता