दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (माघ २७ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।

लुम्बिनी जनरलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.९९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद गरी ७.३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, सगरमाथाले इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १२.४ प्रतितश बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी ०.६५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता योजना, यस्ता छन् विशेषता Read Previous

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता योजना, यस्ता छन् विशेषता

सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन