स्माटच्वाईस र प्रभु बैंक बीच फास्ट बैंकिङ सेवा संचालन सम्झौता

काठमाडौं । भुक्तानी प्रणाली संचालक प्रदायक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र प्रभु बैंक बीच फास्ट बैंकिङ सेवा संचालन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरे ।

यस सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् ।

त्यस्तै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङमा जोड्नुका साथै फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिन्छ ।

फास्ट बैंकिङ नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत ५ वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

 

हेटौंडा-भीमफेदी-काठमाडौं सडक २ महिना बन्द गरिँदै, यी वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने Read Previous

हेटौंडा-भीमफेदी-काठमाडौं सडक २ महिना बन्द गरिँदै, यी वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने

अब १० हजार फिट माथि उड्ने जहाजमा इन्टरनेट र मोबाइल सेवा प्रयोग गर्न पाइने Read Next

अब १० हजार फिट माथि उड्ने जहाजमा इन्टरनेट र मोबाइल सेवा प्रयोग गर्न पाइने