अब १० हजार फिट माथि उड्ने जहाजमा इन्टरनेट र मोबाइल सेवा प्रयोग गर्न पाइने

काठमाडौं । अब नेपाली आकाशमा पनि मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न पाइने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आइएफसी)सेवा संचालनका लागि अन्तरिम निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यससँगै अब १० हजार फिटभन्दा माथि उड्ने विमानहरुले आइएफसी सेवामार्फत इन्टरनेट तथा सेलुलर सुविधा प्योग गर्न पाउने भएका हुन् । यसअघि नेपाली आकाश भित्र उड्ने विमानका यात्रुहरुले मोबाइल फ्लाइट मुडमा राखेर यात्रा गर्नुपर्ने बाध्यता थियो । एयरलाइन्सहरुले वाइफाइ प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो।

प्राधिकरणको बोर्ड बैठकले आवश्यक शर्त पूरा गरी अनुमति मागेमा एयरलाइन्सहरुलाई अनुमति दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्राधिकरणले निर्देशिका जारी गरेको हो । प्राधिकरणको आइएफसी सेवाका लागि नेपालमा दर्ता वा विदेशमा दर्ता भएको हुनुपर्छ ।

नेपालमा दर्ता भएका विमानहरुको हकमा सो सेवा लिनका लागि कभर लेटर, सेवासम्बन्धी जानकारी (वाइफाइरसेलुलर आदि), प्रयोग हुने फ्रिक्वेन्सी, प्राविधि (आइइइइ, आइएमटी (टीजीरथ्रीजीरफोरजी) इत्यादि, सेटलाइट र अर्थ स्टेसनको विवरण, सेवाको आर्किटेक्चर वा ब्लक डायग्राम उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै आइएफसी सेवा प्रदायकको प्रोफाइल, वायुसेवा कम्पनी र आइएफसी सेवा प्रदायकबीच भएको सम्झौता, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस तथा अन्य जानकारी उपलब्ध गराउनुपर्ने छ ।

दूरसंचार प्राधिकरणले त्यसपछि बुझाइएको विवरण तथा कागजातहरु अध्ययन तथा मूल्यांकन गरेपछि प्रोभिजनल नो अब्जेक्सन सर्टिफिकेट जारी गर्नेछ।

नेपाल बाहिर दर्ता भएका विमानहरुको हकमा सम्बन्धित एयरलाइन्स वा आइएफसी सेवा प्रदायकलाई प्राधिकरणले एनओसी जारी गर्नेछ। जसका लागि वायुसेवा कम्पनीहरुले निवेदन दिनुपर्ने बताइएको छ।

तर आइएफसी सेवा १० हजार फिटभन्दा तल भएमा वा ट्याक्सिङ, टेक अफ र ल्यान्डिङको समयमा भने प्रतिबन्ध लगाइएको छ।

स्माटच्वाईस र प्रभु बैंक बीच फास्ट बैंकिङ सेवा संचालन सम्झौता Read Previous

स्माटच्वाईस र प्रभु बैंक बीच फास्ट बैंकिङ सेवा संचालन सम्झौता

१५ लाख ‘बुस्टर डोज’ खोप ल्याइँदै Read Next

१५ लाख ‘बुस्टर डोज’ खोप ल्याइँदै