तिहारमा मखमलीको ७ लाख माला माग, प्रतिमाला ६० रुपैयाँसम्म पर्ने

काठमाडौं । यो तिहारमा ७ लाख मखमली फूलको माला खपत हुने भएको छ । नेपालभर मखमली फूलको मालाको माग ७ लाखको हाराहारीमा रहेकाले माग अनुसार नै मखमली फूल उत्पादन गरिएको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजुले जानकारी दिए ।

 

उनका अनुसार यो पटक १३ देखि १५ करोड रुपैयाँको हाराहारीमा फूलको कारोबार हुने अनुमान छ । उपत्यकामा विशेष गरेर भक्तपुरको गुण्डु र ललितपुरमा मखमली फूलको व्यवसायीक खेती गरिदै आएको छ ।

 

बजारमा मखमली फूल ३० रुपैयाँदेखि ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । अध्यक्ष कसजुले गत वर्ष तिहारमा मखमली फूल धेरै उत्पादन भएकाले १५ देखि ४० रुपैयाँसम्ममै बजारमा बिक्री गर्नु परेको र त्यसले लगानी समेत उड्न गारो भएकाले व्यवसायी मारमा परेको गुनासो गरे । त्यसैलाई मध्यनजर गर्दै यो पटक डिमाण्ड अनुसारको फूल उत्पादन गरिएको उनको भनाई छ ।

 

तिहारमा नेपालभर २५ लाख फूलका माला माग हुने भएको छ । त्यसमा २८ लाख माला सयपत्री र बाँकी गोदावरी र मखमलीका फूलहरुको माला माग हुने गरेको छ ।१६ लाख फूल नेपालमै उत्पादन हुने गर्छन् भने अन्य २ लाख फूलका माला आयात हुने गरेको उनले बताए ।

 

यस्तै यो पटक सयपत्री फूलको माला मूल्य ६० देखि १ सय रुपैयाँ माथीसम्म पर्ने अनुमान गरिएको छ । गत वर्ष २२ लाख माला कारोबार भएको कसजुले जानकारी दिए ।

 

उनले प्रत्येक वर्ष ५ प्रतिशतको दरले आयात दर प्रतिस्थापन हुँदै गएको जानकारी दिए । नेपालमा प्रत्येक दिन २० हजार मालाको माग रहेको छ ।

 

गत आवमा २० करोड ९२ लाख रुपैयाँ बराबरको पुष्प आयात भएको थियो र ४६ लाख रुपैयाँ बराबर पुष्प निर्यात भएको फ्यानले जानकारी दिएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि कर्जा आवेदन घटेको छः कृष्णराज लामिछानेको अन्तर्वार्ता Read Previous

राष्ट्र बैंकको निर्देशनपछि कर्जा आवेदन घटेको छः कृष्णराज लामिछानेको अन्तर्वार्ता

सामाजिक सुरक्षा कोषमा सूचीकरण नभए कारवाही हुन्छ: मन्त्री विष्ट Read Next

सामाजिक सुरक्षा कोषमा सूचीकरण नभए कारवाही हुन्छ: मन्त्री विष्ट