काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन नआउने कम्पनीहरुलाई कारवाही गरिने बताएका छन् । सुरक्षा कोषमा आउन थप एक महिना म्याद थप गरिएको जानकारी दिदै उनले बाँकी कम्पनीहरु यो एक महिना भित्र कोषमा आउने विश्वास व्यक्त गरेका हुन् ।
कोषले राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको मितिबाट एक महिना भित्र कम्पनीहरुलाई आग्रह गरेका छन् ।हालसम्म ८ हजार ८ सय १८ कम्पनीहरु सुरक्षा कोषमा आएको उनले बताए ।
आज पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म कूल १ लाख ९ सय ६८ योगदानको संख्यामा परेको बताए । सो योगदान बापत ७ करोड ६५ लाखभन्दा बढी रकम संकलन भएको उनले जानकारी दिए ।
सरकारले २०७५ मंसिर ११ गते शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनालाई २०७६ साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको हो ।
असोज मसान्तसम्मको अवधिमा ३ हजार ५ सय बढी कम्पनीहरु सुरक्षा कोषमा सूचीकृत भएका थिए ।