विदेश जानेको संख्या बढेपनि नेपाल भित्रिने रेमिट्यान्स घट्यो

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिना (साउन र भदौ)मा विदेशबाट भित्रिने रेमिट्यान्समा गिरावट आएको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यी दुई महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले कमी आएको छ ।

 

समीक्षा अवधिमा १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो ।

 

रेमिट्यान्स घटेपनि यस अवधिमा विदेश जानेको संख्यामा वृद्धि भएको छ । दुई महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो ।

 

यस अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।

वेलायतको बल्गेरिया सहरमा कन्टेनरभित्र ३९ जनाकाे शव फेला Read Previous

वेलायतको बल्गेरिया सहरमा कन्टेनरभित्र ३९ जनाकाे शव फेला

झिलिमिली बत्तीलाई टक्कर दिने बजारमा यस्ता छन् माटोका दियो (फोटोफिचर) Read Next

झिलिमिली बत्तीलाई टक्कर दिने बजारमा यस्ता छन् माटोका दियो (फोटोफिचर)