वेलायतको बल्गेरिया सहरमा कन्टेनरभित्र ३९ जनाकाे शव फेला

वेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र ३९ वटा शव फेला परेका छ।  वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेजमा स्थानिय समयानुसार मध्य रातमा शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो।

 

हत्याको आशङ्कामा उक्त लरीका २५ वर्षीय नोर्दन आयरलन्डका चालक पक्राउ परेका छन् । एसिक्स प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिबार ब्रिटेन छिरेको थियो।

 

अहिलेसम्म ३८ जना वयस्क र एक किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ। एसिक्सका प्रहरीप्रमुख एन्ड्र्यू मरिनरका अनुसार अधिकारीहरूले मृतकको पहिचान गर्ने प्रयास गरिरहेका छन्। तर त्यसको प्रक्रिया लामो हुन सक्ने बताइएको छ।

 

उनका अनुसार लरीचालकलाई घटनासँग सम्बन्ध भएको आशङ्कामा पक्राउ गरिएको हो। हाम्रो छानबिन सुरु भइसकेकाले उनी हिरासतमा रहेका छन्, उनले भने।

 

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका छन्। मैले घटनाबाट निरन्तर जानकारी लिइरहेको छु र गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन एसिक्स प्रहरीसँग मिलेर गर्नेछ, जोनसनले भने।

 

वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।  सन् २००० को जुन महिनामा पनि ५८ चिनियाँ आप्रवासीका शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए।

 

हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भाेगिरहेका छन्।

यस्तो बन्दै छ २ अर्ब ६० करोडको लागतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला Read Previous

यस्तो बन्दै छ २ अर्ब ६० करोडको लागतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

विदेश जानेको संख्या बढेपनि नेपाल भित्रिने रेमिट्यान्स घट्यो Read Next

विदेश जानेको संख्या बढेपनि नेपाल भित्रिने रेमिट्यान्स घट्यो