झिलिमिली बत्तीलाई टक्कर दिने बजारमा यस्ता छन् माटोका दियो (फोटोफिचर)

काठमाडौं । तिहारमा झिलिमिली बत्तीको प्रचलन बढ्दै गर्दा परम्परागत माटोको दियोको प्रयोग घट्दै गएको छ । तर, पछिल्लो समय बजारमा आएका नयाँ नयाँ डिजाइनका माटोका दियोले भने यसको प्रयोग बढाएको छ ।

 

नेपालमा बनेका सादा दियोको तुलनामा भारतको कलकत्ताबाट ल्याइएका विभिन्न डिजाइनले भरिएका दियोहरुले बजार लिन थालेका हुन् ।

असनका बजारमा माटोका सादा दियो ४० रुपैयाँ दर्जनदेखि प्रतिदियो २ सय रुपैयाँसम्मका रहेका छन् ।विस्तारै सेलाउँदै गएको माटोको दियोको आकर्षण यस्ता बुट्टा भएका दियोले बढाएको छ ।

 

चालू आर्थिक वर्षको दुई महिनामा ६५ लाखको माटोका दियोलगायतका सामान आयात भएको छ ।

विदेश जानेको संख्या बढेपनि नेपाल भित्रिने रेमिट्यान्स घट्यो Read Previous

विदेश जानेको संख्या बढेपनि नेपाल भित्रिने रेमिट्यान्स घट्यो

खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन शुरु Read Next

खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन शुरु