प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शेरचन नियुक्त भएका छन् ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो।

यससँगै शेरचनले हालै सेञ्चुरी बैंकसँग मर्जर गरेको प्रभु बैंकको नेतृत्व थप चार वर्ष सम्हाल्नेछन् । उनी तेस्रो पटक प्रभुको सीईओ भएका हुन् ।

उनको तेस्रो कार्यकाल माघ १८ गतेदेखि सुरु हुनेछ । सन् १९९५ मा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करियर थालेका उनले बैंकिङ क्षेत्रमा अढाइ दशकको अनुभव छ ।

टरिगाउँ विमानस्थलमा सीता एयरले उडान भर्दै, भाडादर कति ? Read Previous

टरिगाउँ विमानस्थलमा सीता एयरले उडान भर्दै, भाडादर कति ?

बीपीडब्ल्यू लघुवित्तले माघ २२ देखि आइपीओ जारी गर्ने Read Next

बीपीडब्ल्यू लघुवित्तले माघ २२ देखि आइपीओ जारी गर्ने