टरिगाउँ विमानस्थलमा सीता एयरले उडान भर्दै, भाडादर कति ?

तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ,’ उनले भने ।

लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ ।

टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा रु ८ हजार ८१० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम रु ९ हजार र अधिकतम रु १२ हजार रहेको छ । हाल कायम रहेको ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्र्ने योजना छ ।

माघ २३ देखि आइपीओ विक्री गर्दै सुपर माइ हाइड्रोपावर Read Previous

माघ २३ देखि आइपीओ विक्री गर्दै सुपर माइ हाइड्रोपावर

प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त Read Next

प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त