काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९ लाख ७० हजार रुपैयाँ बराबरको ९ हजार ७०० कित्ता आइपीओ विक्री गर्ने भएको हो ।त्यस्तै, लघुवित्तका कर्मचारीका लागि १ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ४ हजार ८५० कित्ता सेयर जारी गर्ने भएको छ ।
त्यसैगरी, कम्पनीले सर्वसाधरणका लागि फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ लाख ९५ हजार रुपैयाँको ८० हजार ९५० कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।
निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बीबी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता जोखिमपूर्ण रहेको संकेत गर्दछ ।