कृषि उत्पादन वृद्धिसँगै बजार सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसंगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैर भन्सार अवरोध बढन थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका छन् ।

भारत सब कन्टिनेन्ट एग्रि फाउन्डेसन, टेप्mला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साप्mटा) मा यस क्षेत्रका मुलुकहरू बीच व्यापार विस्तारको अवसर भएपनि कृषिजन्य उत्पादनको निर्यातमा गैर भन्सार अवरोध लगायतका समस्या रहने गरेको छ ।

अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तराष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए ।

श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षा मन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सिमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए ।

कृषि क्षेत्रको निर्यात लागत निक्कै महंगो भएको र यहाँका धेरै देशहरू खुद कृषिजन्य वस्तु आयात रहेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एसियाले संयुक्तरुपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले गरे ।

दुवई मल्टि कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुवईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेन लगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उनले बताए ।
सम्मेलनमा विशेष अतिथि उद्योग सचिव डा.तोया नारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले सम्मेलनमा लगानीलाई बढि प्राथमिकता दिनुपर्ने बताए । लगानी बढदा निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए ।

उनले साप्mटा अन्तर्गत सबै मुलुकले फाइदा लिन सम्वेदनशील सूचीमा रहेका वस्तुहरू घटाउनुका साथै गैर भन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए ।

उनले दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने बताए । सम्मेलनमा १२ देशका करिब ४ सय सहभागी छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

 

 

कृषक परिचयपत्रका लागि १० लाख किसान सूचीकरण, अब वर्गीकरण गरिने Read Previous

कृषक परिचयपत्रका लागि १० लाख किसान सूचीकरण, अब वर्गीकरण गरिने

नेप्सेमा मर्जरपछि बनेका दुई नयाँ कम्पनीको सेयर सूचीकृत, कतिमा खुल्छ कारोबार ? Read Next

नेप्सेमा मर्जरपछि बनेका दुई नयाँ कम्पनीको सेयर सूचीकृत, कतिमा खुल्छ कारोबार ?