नेप्सेमा मर्जरपछि बनेका दुई नयाँ कम्पनीको सेयर सूचीकृत, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा मर्जरपछि बनेको कुमारी बैंक र सानिमा जीआइसी इन्स्योरेन्सको सेयर सूचीकृत भएको हो ।

नेप्सेमा साविकको एनसीसी र कुमारी बैंक मर्ज हुँदा कायम भएको १:१ सेयर अनुपातका आधारमा कुमारी बैंकको नाममा २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता सेयर सूचीकृत भएको छ ।

बैंकको सेयर कारोबारका लागि नेप्सेले १८९.५६ रुपैयाँ ओपन रेन्ज तोकेको छ । यही मूल्यमा अब बैंकको सेयर कारोबार खुल्नेछ ।

त्यसैगरी, साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जीआइसी इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचीकृत भएको छ ।

इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले SGIC संकेत चिह्न दिएको छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ३६७.५० रुपैयाँ ओपन रेन्ज तोकेको छ । यही मूल्यमा अब इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ ।

कृषि उत्पादन वृद्धिसँगै बजार सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाको जोड Read Previous

कृषि उत्पादन वृद्धिसँगै बजार सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाको जोड

चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना : एसी, हिटर नचलाउने, बोतलको पानी नखाने Read Next

चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना : एसी, हिटर नचलाउने, बोतलको पानी नखाने