काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ६ विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा तोके अनुसार अनिवार्य नगद मौज्दात (सीआरआर), विपन्न कर्जा परिचालन र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसकेका वित्तीय संस्थाहरु राष्ट्र बैंकको कारबाहीमा परेका हुन् ।
कर्पोरेट डभलेपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलेपमेन्ट बैंक, कर्णाली डेभलेपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंकलाई हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेशिभ फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका बैंक तथा फाइनान्सलाई राष्ट्र बैंकले नगद जरिवाना समेत तिराएको छ ।