काठमाडौं । सेयर बजार करेक्शन आएको छ । मंगलबार ३२ अंकले बढेको नेप्सेमा आज ९ अंकको करेक्शन आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले बढेर झन्डै ५ अर्ब पुगेको छ ।
बुधबार नेप्से ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा आइपुगेको छ । यसदिन २४८ कम्पनीको ४ अर्ब ९२ करोड रुपैयाँ बढीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको घटेको छ । व्यापार समूह सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ ।
आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर १९ ११ करोड र नेशनल हाइड्रोपावर झन्डै १५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा र ग्रीन भेन्चर्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।