बुद्ध एयरले एटीआर-७२ जहाजबाट काठमाडौं-तुम्लिङटार उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले काठमाडौं-तुम्लिङटार उडान गर्ने भएको छ।

बुद्धले यही माघ ६ गते (जनवरी २०) एटीआर-७२ जहाजबाट काठमाडौं–तुम्लिङटार दैनिक उडान गर्ने भएको हो ।

तुम्लिङटार उडानका लागि बुद्धले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति समेत पाइसकेको छ । हाल बुद्धले तुम्लिङटारमा एटीआर–४२ जहाजबाट सेवा दिँदै आएको छ।

काठमाडौंबाट तुम्लिङटारमा बिहान ९:५० बजे र तुम्लिङटारबाट काठमाडौं बिहान १०:४५ बजे उडान गर्ने बुद्ध एयरले जनाएको छ ।

ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा दर पनि थप सस्तो र उडान सरल हुने कम्पनीको विश्वास छ ।

देशभर नेपाल टेलिकमको सेवा अबरुद्ध Read Previous

देशभर नेपाल टेलिकमको सेवा अबरुद्ध

नेप्सेमा उच्च अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा उच्च अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट