देशभर नेपाल टेलिकमको सेवा अबरुद्ध

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ ।

कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन । देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन ।

आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।

२३ सदस्यीय मन्त्रिपरिषद् गठन, को कुन मन्त्री बने ? (वरियता सहित) Read Previous

२३ सदस्यीय मन्त्रिपरिषद् गठन, को कुन मन्त्री बने ? (वरियता सहित)

बुद्ध एयरले एटीआर-७२ जहाजबाट काठमाडौं-तुम्लिङटार उडान गर्ने Read Next

बुद्ध एयरले एटीआर-७२ जहाजबाट काठमाडौं-तुम्लिङटार उडान गर्ने