काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले जनवरी १६ तारिख (सोमबार) इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।
आइओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको जनाएको छ । निगमका अनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।
आइओसीले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव अनुसार हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँछ ।
गत पुस २४ मा बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाउने निर्णय गरेको थियो ।
हाल आईओसीलाई करिब ११ अर्ब र सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेकाे निगमले जनाएकाे छ ।