कोदो र फापरको न्यूनतम मूल्य तोकियो

वाग्मती । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ ।

गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ ।

गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न योजनामा काम भइरहेको बता ए । रासस

भारतबाट आयो इन्धनको नयाँ मूल्य सूची : पेट्रोलको बढ्यो, डिजेलको घट्यो Read Previous

भारतबाट आयो इन्धनको नयाँ मूल्य सूची : पेट्रोलको बढ्यो, डिजेलको घट्यो

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक Read Next

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक