शिवम् सिमेन्टकाे नयाँ संचालक समिति गठन, अध्यक्षमा गोयल, अरू को-को आए ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।

सभाले कम्पनीको संचालक समिति अध्यक्षमा गौरव गोयललाई चयन गरेको छ । उनी ४ वर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।

त्यसैगरी, संचालकमा रोहित गुप्ता, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई निर्वाचित भएका छन्। सभाले नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदन समेत गरेको छ।

त्यस्तै, सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट घोषणा गरेको १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

 

यति एयरको विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो Read Previous

यति एयरको विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

नेपालमा १०० बढी विमान दुर्घटना, यी हुन् अहिलेसम्मका ठूला घटना Read Next

नेपालमा १०० बढी विमान दुर्घटना, यी हुन् अहिलेसम्मका ठूला घटना