एनआइसी एशिया बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको सभा शुक्रबार काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रालिमा सम्पन्न भएको हो ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ । सो सभाले मिति २०७९ कात्तिक २ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

भारतले सुरू गर्‍यो संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा, कति लाग्छ खर्च ? Read Previous

भारतले सुरू गर्‍यो संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा, कति लाग्छ खर्च ?

अवैध क्रसर विरुद्ध सरकार आक्रमक, एक सातामै ७०० क्रसर बन्द Read Next

अवैध क्रसर विरुद्ध सरकार आक्रमक, एक सातामै ७०० क्रसर बन्द