भारतले सुरू गर्‍यो संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा, कति लाग्छ खर्च ?

नयाँदिल्ली । भारतले नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ। भारतले उत्तर प्रदेशको बनारसबाट असमको डिब्रुगढसम्म पुग्ने पानीजहाज यात्राको सुरु गरेको हो ।

शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले भिडिओ कन्फरेन्समार्फत् उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्।

एमवी गंगा विलास नाम दिएको उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा आइपुग्नेछ। भारतका विभिन्न नदीसहित बंगालदेश पनि पुग्ने उक्त पानीजहाजले ३ हजार २०० किलोमिटर यात्रा गर्नेछ।

पानी जहाज यो रूटमा पर्ने विभिन्न ५० वटा पर्यटकीय स्थानमा रोकिनेछ। उक्त पानीजहाजमा यात्रा गर्न प्रति यात्रु दैनिक २५ देखि ५० हजार अर्थात् ५१ दिनमा करिब २० लाख भारू तिर्नुपर्छ ।

उक्त पानीजहाजको पहिलो यात्रामा अहिले स्वीट्जरल्यान्ड ३२ जना पर्यटकहरू निस्किएका छन्। पानीजहाजमा ६२ मिटर लामो पानीजहाज १२ मिटर चौडा छ। एजेन्सी

२२ लघुवित्तको लाभांश घोषणा, कुनकाे कति ? Read Previous

२२ लघुवित्तको लाभांश घोषणा, कुनकाे कति ?

एनआइसी एशिया बैंकको साधारण सभा सम्पन्न Read Next

एनआइसी एशिया बैंकको साधारण सभा सम्पन्न