काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत २२ लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत ५८ वटा लघुवित्तमध्ये हाल (शुक्रबार)सम्म २२ वटाले लाभांश घोषणा गरेका हुन् । अझै ३ दर्जन लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ ।
शुक्रबारसम्म मिथिला, जाल्पा, स्वावलम्बन, छिमेक, एनएमबी, मेरो माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, स्वरोजगार, डिप्रोक्स, महुली, महिला, निर्धन उत्थान, आँधीखोला, सीवाइसी, साधना, मिर्मिरे, नेरुडे, गुराँस, आरएसडीसी, साना किसान, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तले लाभांश प्रस्ताव गरेका छन् ।
लघुवित्त कम्पनीले औषतमा २५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । अधिकांश लघुवित्तहरुले बोनस सेयर वितरणलाई जोड दिएका छन् ।
लाभांश घोषणा गरेका २२ लघुवित्तमध्ये सबैभन्दा धेरै जाल्पा लघुवित्त वित्तीय संस्थाले गरेको छ । जाल्पाले गत आवको मुनाफाबाट ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरी कुल ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सबैभन्दा कम लाभांश घोषणा गर्नेमा गुराँस लघुवित्त रहेको छ । गुराँसले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
१६ लघुवित्तको सेयर किन्दा अझै पाइन्छ लाभांश
हालसम्म लाभांश घोषणा गरेका २२ लघुवित्त मध्ये १६ लघुवित्तको सेयर किन्दा अझै लाभांश पाइन्छ । हालसम्म साधरण सभा तथा लाभांश प्रयोजनका लागि ८ लघुवित्तले मात्र बुकक्लोज गरिसकेका छन् । तसर्थ, बुकक्लोज हुन बाँकी १६ लघुवित्तको अझै सेयर किन्दा लाभांश पाइन्छ ।
हालसम्म बुकक्लोज नभएका मिथिला, जाल्पा, स्वावलम्बन, छिमेक, एनएमबी, स्वरोजगार, डिप्रोक्स, महुली, महिला, निर्धन उत्थान, आँधीखोला, नेरुडे, आरएमडीसी, साना किसान लघुवित्तको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।