भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि भाउ बढेर आएको छ । भारतीय आयल निगमले आइतबार पेट्र्रोलियम पद्धार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।

इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा २.५४ प्रति लिटर डिजेलमा रु २.९५ प्रति लिटर, हवाई इन्धनमा रु ४.१३ प्रति लिटर र एलपी ग्यासमा प्रति सिलिण्डर रु ७८.२२ ले बढेको छ ।

मट्टितेलमा केही घटेर आएको भए पनि निगमलाई हाल एल.पी ग्यासमा ३५९.५० घाटा भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम नोक्सानीमा संचालन हुँदै आएकाले मूल्य नघट्ने निगमले जनाएको छ ।

निगमले इण्डियन आयल कर्पोरेशनलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब १८ अर्ब बाँकी छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको छ । पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेको निगमले जनाएको छ ।

सोही कारण हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमको भनाइ छ ।

नबिल बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Previous

नबिल बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सीवाइसी लघुवित्तसहित ५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

सीवाइसी लघुवित्तसहित ५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?