काठमाडौं । नबिल बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
बैंकले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १८.५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य ७२१.१० रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
बैंकले आव २०७८/८९ को मुनाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।