सन् २०२२ मा भित्रिए ६ लाख १४ हजार पर्यटक, ३४ प्रतिशत भारतीय

काठमाडौं । सन् २०२२ मा नेपालमा ६ लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्ममा ६ लाख १४ हजार १४८ विदेशी नेपाल भ्रमणका लागि आएका हुन् ।

बोर्डका अनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै ८८ हजार ५८२ ७२ हजार ६५३ पर्यटक नेपाल आएका छन् । त्यसैगरी, डिसेम्बरमा ६४ हजार ४८३, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३, अक्टोबरमा ८८ हजार ५८२, अगष्टमा ४१ हजार ३०४ विदेशी नेपाल भित्रिएका हन् ।

त्यस्तै, जुलाइमा ४४ हजार ४६२, जुनमा ४६ हजार ९७५, मेमा ५३ हजार ६०८, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९,
फेब्रुअरीमा १९ हजार ७६६ र जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

कुन देशबाट कति आए ?

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ मा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यस वर्ष भारतबाट २ लाख ९ हजार १०५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल पर्यटकको ३४ प्रतिशत हो ।

त्यसैगरी, अमेरिकाबाट ७७ हजार ९, युकेबाट ४४ हजार ७८१, अस्ट्रेलियाबाट २६ हजार ८७४, बंगलादेशबाट २५ हजार ३८४ पर्यटक भित्रिएका हुन्।

नेपाल भित्रिएका कुल पर्यटकमध्ये सार्क मुलुकका ४०.०६, युरोपबाट २१.७२, अमेरिकाबाट १४.१३ अन्य एशियाली मुलुकबाट ८.०३ प्रतिशत रहेका छन्।

पुस २१ गतेदेखि अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने Read Previous

पुस २१ गतेदेखि अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

नबिल बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Next

नबिल बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?