सीवाइसी लघुवित्तसहित ५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सीवाइसी नेपाल लघुवित्त, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनान्स र सिभिल बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

पाँचै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १९ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २८ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, सीवाइसी नेपाल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, गत वर्षको नाफाबाट आइसीएफसी फाइनान्स १० प्रतिशत (५% बोनस र ५% नगद), श्री इन्भेष्टमेन्ट फाइनान्सले ७.६ प्रतिशत (२.४% बोनस र ५.२% नगद) र पोखरा फाइनान्सले ४.२१ प्रतिशत (४% बोनस सेयर र ०.२६% नगद) लाभांश प्रस्ताव गरेका छन् । यी सबै कम्पनीले पुसभित्रै साधरण सभा डाकेका छन् ।

सबै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ? Read Previous

भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

संचालनमा आयो एसियाली मुलुकलाई जोड्ने ६ लेनको पुल Read Next

संचालनमा आयो एसियाली मुलुकलाई जोड्ने ६ लेनको पुल