नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले च्यातिएका र झुत्रा नोटबाट बनाइएका ब्रिकेट/स्रेडेड विक्री गर्ने भएको छ । राष्ट्र बैंकले मुद्रा यवस्थापन विभाग, काठमाडौंका साथै सातै प्रादेशिक कार्यालयबाट ब्रिकेट बेच्ने भएको हो ।

राष्ट्र बैंकले नोटबाट बनेको वार्षिक २ लाख ७५ हजार केजी ब्रिकेट विक्री गर्ने भएको हो । जसका लागि राष्ट्र बैंकले सिलबन्दी दरभाउ प्रस्ताव आहृवान गरेको छ ।

ब्रिकेट किन्न खरिद इच्छुक खरिदकर्ताले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्नेछन् । खरिदकर्ताले २ हजार रुपैयाँ तिरेर शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

ब्रिकेट खरिदका लागि परेका प्रस्तावमा मूल्य प्रतिस्पर्धाको आधारमा विक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २०७८ भदौदेखि चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाउन थालेको थियो । राष्ट्र बैंकले विदेशबाट मेसिन ल्याइ ब्रिकेट बनाउन थालेको हो । तिनै ब्रिकेट अहिले विक्रीका लागि बोलपत्र आहृवान गरेको हो ।

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु Read Previous

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु

केयूमा उच्च शिक्षा हासिल गर्न लक्ष्मी बैंकको छात्रवृत्ति कार्यक्रम Read Next

केयूमा उच्च शिक्षा हासिल गर्न लक्ष्मी बैंकको छात्रवृत्ति कार्यक्रम