काठमाडौं । कुमारी र नेपाल क्रेडीट एण्ड कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । आइतबारदेखि मर्जर पश्चात बैंकहरुले कुमारी बैंकको नाममा एकीकृत वित्तीय कारोबार सुरु गरेका हुन ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । बैंकका अनुसार कर्जा लगानी २ खर्ब ८० अर्ब, ३०६ शाखा संख्या, ३४५ एटीएम र ६२ शाखा रहित बैंकिङ पुगेको छ ।
योसँगै वाणिज्य बैंकहरुको संख्या २५ मा कायम भएको छ । नेपाल राष्ट्र बैंक पुसमसान्त भित्र एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न सहुलीयत तथा छुटको व्यवस्था गरेको थियो ।
सोही नियामकीय सुविधा प्राप्त गर्न मर्जर प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरु एकीकृत कारोबारका गर्न प्रयास गरिरहेका छन् । यी बाहेक अब ४ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिको प्रक्रियामा छन् । ति संस्थाहरुको एककिृत कारोबार पश्चात वाणिज्य बैंकको संख्या २१ कायम रहनेछ ।