कीर्तिमानी मूल्यमा क्रिस्टियानो रोनाल्डो साउदी क्लबमा आबद्ध

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको फुटबल क्लब अल नासरमा आबद्ध भएका छन् । उनी सन् २०२५ सम्मका लागि उक्त क्लबमा आबद्ध भएका हुन् ।

रोनाल्डो कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्ड (करिब २८ अर्ब १४ करोड नेपाली रुपैयाँ)मा उनी ३ वर्षका लागि आबद्ध भएका हुन् । रोनाल्डोले पाउने यो पारिश्रमिक फुटबल इतिहासकै हालसम्मकै उच्च हो ।

म्यान्चेस्टर युनाइटेड छोडेपछि ३७ बर्षिय रोनाल्डो रियल मड्रिड फर्किने हल्लाकैबीच साउदी क्लबमा आवद्ध भएका हुन् ।

साउदी अल नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मर र रोनाल्डोबीच स्पेनको राजधानी म्याड्रिडमा सो बारे सम्झौता भएको हो । रोनाल्डोले सम्झौतामा हस्ताक्षर गरेसँगै अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत प्रदान गरेका थिए ।

रोनाल्डो आबद्ध अल नासरले ९ पटक साउदी लिग जितेको छ ।

मापदण्ड विपरीत निजी डेरीले आफूखुसी बढाए दूधको भाउ Read Previous

मापदण्ड विपरीत निजी डेरीले आफूखुसी बढाए दूधको भाउ

नबिलसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

नबिलसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?