नबिलसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक, हिमालयन बैंक, नेपाल टेलिकम, सिद्धार्थ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र बुटबल पावर कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

६ वटै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १८ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

नबिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले  पुस २९ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.११ प्रतिशत नगद गरी कुल ११.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, गत वर्षको नाफाबाट बुटवल पावरले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत, नेपाल टेलिकमले ४० प्रतिशत नगद, महालक्ष्मी विकास बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सले ९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४७ प्रतिशत नगद गरी ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । यी सबै कम्पनीले पुसभित्रै साधरण सभा डाकेका छन् ।

सबै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

कीर्तिमानी मूल्यमा क्रिस्टियानो रोनाल्डो साउदी क्लबमा आबद्ध Read Previous

कीर्तिमानी मूल्यमा क्रिस्टियानो रोनाल्डो साउदी क्लबमा आबद्ध

माया खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

माया खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन