माया खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभावासीका लागि मंसिर २३ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवि नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का वासिन्दालाई ६ लाख कित्ता छुट्याइएको छ । बाँकी ४ लाख कित्तामा चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेख गरिएका बाहेकका वडाका बासिन्दाले आवेदन दिन पाउँछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रभु बैंक, नेपाल एसबीआइ बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

नबिलसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

नबिलसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

आइएलएस प्रणाली लागू नहुँदा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो Read Next

आइएलएस प्रणाली लागू नहुँदा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो