विदेशबाट एउटा मोबाइल ल्याउँदा कर लाग्ने व्यवस्था लागू नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल फोन ल्याउँदा कर लाग्ने व्यवस्था कार्यन्वयन नगर्न निर्देशन दिएका छन् ।

चौतर्फी विरोध भएपछि प्रधानमन्त्री दाहालले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किँदा एउटा मोबाइल ल्याउँदा भन्सार लाग्ने र जफत हुने व्यवस्था तत्काल कार्यन्वयन नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनसँगै अब विदेशबाट आउँदा आफूले चलाइरहेको बाहेक एउटा नयाँ मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्दैन । सरकारले विदेशबाट फर्किँदा आफूले चलाइरहेको बाहेक एउटा मोबाइल ल्याउँदा १८ प्रतिशत भन्सार तिर्नुपर्ने र एकभन्दा बढी मोबाइल ल्याए जफत गर्ने नयाँ व्यवस्था लागू गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । सो अनुसार विदेशबाट फर्किँदा कसैले उपहारका लागि एउटा मोबाइल ल्याए विदेशबाट मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने  व्यवस्था गरिएको थियो ।

सरकारको सो निर्णयको विरोधमा विदेशमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग अभियान चलाउँदै रेमिट्यान्सबाट पैसा पठाउन समेत रोक्ने बताएका थिए । साथै, गैरआवसीय नेपाली संघले पनि सो व्यवस्था खारेज गर्न माग गरेको थियो ।

५ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे १६ अर्ब, कुनले कति  ? Read Previous

५ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे १६ अर्ब, कुनले कति ?

उपभोक्ता ठग्ने भाटभटेनी सुपरमार्केटलाई साढे २ लाख जरिवाना Read Next

उपभोक्ता ठग्ने भाटभटेनी सुपरमार्केटलाई साढे २ लाख जरिवाना