उपभोक्ता ठग्ने भाटभटेनी सुपरमार्केटलाई साढे २ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक सीडीओ हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले भाटभटेनी सुपर मार्केटमा छडके अनुगमनमा गर्दा उपभोक्ता ठगेको पाइएपछि सो जरिवाना गरिएको हो ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु विक्रीवितरणमा रोक लगाएको छ ।

विदेशबाट एउटा मोबाइल ल्याउँदा कर लाग्ने व्यवस्था लागू नगर्न प्रधानमन्त्रीको निर्देशन Read Previous

विदेशबाट एउटा मोबाइल ल्याउँदा कर लाग्ने व्यवस्था लागू नगर्न प्रधानमन्त्रीको निर्देशन

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने Read Next

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने