५ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे १६ अर्ब, कुनले कति ?

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसिर) मसान्तसम्म १६ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। १८ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बराबरको व्यवसाय विस्तार गरेका हुन ।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले यसअवधिमा ११ लाख ४७ हजार बढी बीमालेख जारी गरेका छन्। मंसिरमा मात्रै कम्पनीहरुले २ अर्ब ६१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

यस अवधिमा सबै भन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमा शुल्क संकलन गरेको छ । कम्पनीले मंसिर मसान्तसम्म एक अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यसैगरी, सगरमाथा इन्स्योरेन्सले एक अर्ब २९ कड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। नेको इन्स्योरेन्सले एक अर्ब २७ करोड रुपैयाँ संकलन गरेको प्राधिकरणले जनाएको छ।

यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब १३ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्स एक अर्ब १० करोड, एनएलजी इन्स्योरेन्स ९३ करोड ८० लाख, प्रिमियर इन्स्योरेन्स ९० हजार १३ लाख, सानिमा जीआइसी इन्स्योरेन्सको ८३ करोड १२ लाख, लुम्बिनी जनरलको ७९ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स ७५ करोड ४०, अजोड इन्स्योरेन्सको ७४ करोड १६ लाख, नेपाल इन्स्योरेन्सको ६६ करोड ४५ लाख, प्रभु इन्स्योरेन्सको ६० करोड ४९ लाख ,ओरिएण्टल इन्स्योरेन्स ५८ करोड ९५ लाख, प्रुडेन्सियल इन्स्योरेन्स ५३ करोड ७१ लाख र युनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँको व्यवसाय विस्तार गरेका छन् ।

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग Read Previous

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग

विदेशबाट एउटा मोबाइल ल्याउँदा कर लाग्ने व्यवस्था लागू नगर्न प्रधानमन्त्रीको निर्देशन Read Next

विदेशबाट एउटा मोबाइल ल्याउँदा कर लाग्ने व्यवस्था लागू नगर्न प्रधानमन्त्रीको निर्देशन