काठमाडौं । टाटा मोटरस्को नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंङले सोमदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।
सिप्रदीले काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडसहित पोखरा, इटहरी , मेची, वीरगंज , ढल्केबार , हेटौंडा , सर्रा, धनगढी , नेपालगंजमा उक्त सेवा सुरु गरेको हो ।
यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी , सिप्रदी ट्रेडिंगका सीईओ राजन बाबु श्रेष्ठ , टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीईओ राजेशप्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरे ।
समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरूलाई टाटा मोटरसका रिजनल कस्टमर केयर (दक्षिण एसिया ) मेनेजर रंधिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए।
यस तीन दिने क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिदैछ । यस्तो जाँच गराउदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गर्नेछन् ।
म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक(अप , ब्याट्री र इलेक्ट्रिकल चेक(अपको सुविधा पनि निःशुल्क प्रदान गरिँदैछ । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ।
हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरू बजारमा द्रुत गतिमा गइरहेका छन् । यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भइरहेको कम्पनीले बताएके छ ।