काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडल तमोर हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
मकर जितुमाया हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।
त्यसैगरी, सानिमा मिडल तमोरले प्रतिकित्ता १०० रुपैयाँ दरले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता सेयर जारी गर्न अनुमति पाएका छन् ।
अनुमति पाएका दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आइपीओ जारी गर्नेछन् ।