काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जर हुने भएका छन् । दुई संस्था बीच पुस ११ गते गाभ्ने/गाभिने सम्बनधी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहोरा र नेरुडे लघुवित्तका तर्फबाट अध्यक्ष डा. भेषप्रसाद धमलाले हस्ताक्षर गरे ।
मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेका दुई लघुवित्त मर्ज हुन लागेका हुन् ।
हाल नेरुडेको चुक्ता पूँजी ६० करोड र ५३ करोड रुपैयाँ रहेको छ ।