गुहेश्वरी फाइनान्सको लाभांश परिमार्जन, बोनस र नगद दुवै घट्यो

काठमाडौं । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनी संचालक समितिको पुस ११ गते बसेको बैठकले लाभांश संशोधन गरेको हो ।

संशोधनपछि अब सेयरधनीले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश पाउने भएका छन् ।

यसअघि पुस ५ गते फाइनान्सले ७ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.३७ प्रतशित नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

चार्जिङ स्टेसन नबन्दा थन्किँदै साझाका विद्युतीय बस Read Previous

चार्जिङ स्टेसन नबन्दा थन्किँदै साझाका विद्युतीय बस

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्ज हुने Read Next

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्ज हुने