पाँच महिनामा ६ खर्ब व्यापार घाटा, आयात–निर्यात घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना(साउन–मंसिर) मा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८.७७ प्रतिशतले कम हो । समीक्षा अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको थियो । चालु आवको सुरुदेखि वैदेशिक व्यापार घट्दै गएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको वर्षको तुलनामा यस अवधिमा कुल वैदेशिक व्यापार २२.२३ प्रतिशतले घटेर ७ खर्ब ३२ अर्ब रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो ।

विदेशी विनिमय संचिति घट्दै गएपछि सरकारले लगाएको प्रतिबन्ध र माग संकुचनले आयात पनि घटेको छ । २०.७१ प्रतिशत अर्थात ६ खर्ब ६४ अर्ब ले आयात घटेको छ । समीक्षा अवधिमा ८ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

यसअवधिमा निर्यात पनि उल्लेख्य रुपमा घटेको छ । नेपालबाट विशेषगरी, आयातित पाम र सोयाबिन तेल प्रशोधन गरेर निर्यात गरिदै आएको छ । कच्चा पाम र सोयाविन तेलको आयातमा गिरावट आउँदा निर्यात पनि घट्न गएको तथ्यांकले देखाउँछ ।

पाँच महिनामा नेपालले ६७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष यसअवधिमा १ खर्ब बराबरको निर्यात भएकोमा यस वर्ष ३४.६१ प्रतिशतले घटेको हो ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको अनुपात ८.८८ प्रतिशत छ । सरकारले वैशाखदेखि विभिन्न वस्तुमा लगाएको आयात प्रतिबन्ध पुसदेखि खुलाएको छ भने राष्ट्र बैंकले भने नगद मार्जिनको व्यवस्था कायमै राखेको छ । सरकारले वस्तुहरुको आयात वापत १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

भारतसँग साढे तीन खर्ब व्यापार घाटा

नेपालले लगातार छिमेकी मुलुक भारतसँग मात्र ठूलो व्यापार घाटाटा बेहोरिरहेका छ । पछिल्लो पाँच महिनामा भारतबाट नेपालले ४ खर्ब रुपैयाँ रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस अवधिमा नेपालले भारतसँग मात्र ३ खर्ब ५३ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

चीनसँग नेपालको व्यापार घाटा ९४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । इन्डोनेसियासँग २० युएई १६ अर्ब, र्जेन्टिना १४ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको छ ।

यी हुन् सबैभन्दा धेरै आयात गरिएका १० वस्तु

यस अवधिमा सबैभन्दा धेरै ५५ अर्ब ४८ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यसवापत सरकारले १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । दोस्रोमा २८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।

पेट्रोल आयातबाट सरकारले १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । खाना पकाउने एलपीजी ग्याँस २३ अर्ब ७५ करोड रुपैयाँ बढीको आयात भएको छ भने कच्चा सोयाविन तेल २० अर्ब ६८ करोड रुपैयाँ बराबरको आयात भएको छ । फलामजन्य कच्चापदार्थ, सुन चाँदी १५ अबृ बढीको आयात भएको विभागले जनाएको छ ।

बुटवल पावरको लाभांश घोषणा, बुकक्लोज कहिले ? Read Previous

बुटवल पावरको लाभांश घोषणा, बुकक्लोज कहिले ?

सिद्धार्थ इन्स्योरेन्सको लाभांश परिमार्जन, नगद घट्यो Read Next

सिद्धार्थ इन्स्योरेन्सको लाभांश परिमार्जन, नगद घट्यो